काठमाडौंः उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उपराष्ट्रपति यादव वीर अस्पतालमा भर्ना भएका हुन् ।
टाउको दुख्ने, रिंगटा लाग्ने लगाएतका समस्या देखिएपछि यादवलाई वीर अस्पतालमा भर्ना गरिएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए ।
यादवको अस्पतालको भीआइपी कक्षमा उपचार भइरहेको छ ।