सुनगाभा पब्लिक स्कुलको २१ औं वार्षिकोत्सव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैनामैना, कार्तिक ०१ ।
सैनामैना ३ स्थित सुनगाभा पब्लिक स्कुलको २१ औं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी जोशीको अध्यक्षतामा तथा विद्यालयका पुर्व अध्यक्ष एवम् शिक्षा सल्लाहकार कृष्ण पंगेनीको प्रमुख आतिथ्यतामा २१ औं बार्षिक साधारण सभा तथा ११ औं अधिवेशन सम्पन्न भएको हो । 
विद्यालयका व्यवस्थापन समितिका जेष्ठ सदस्य बसन्त अधिकारीबाट सम्उद्घाटन भएको कार्यक्रमका प्रमुख अतिथि विद्यालयका पुर्व अध्यक्ष कृष्ण पंगेनीले सुनगाभा स्कुलले देशमै उत्कृष्ट नतिजा दिएर राष्ट्रिय स्तरसम्म पहिचान बनाएर शैक्षिक गतिविधिमा उल्लेखनिय योगदान पुर्याएको बताउनुभयो ।
सुनगाभा स्कुलबाट उत्पादन भएका विधार्थीहरु र आफुले शिक्षण गरेको विधार्थीहरु हरेक क्षेत्रमा अब्बल भएर राष्ट्रप्रति सेवा गरेको देख्दा निकै खुशी लगेको बताउनुभयो । 
उहाँले भन्नुभयो, आफुले पढाएको विधार्थी भाईबहिनीहरु राष्ट्रसेवक, शिक्षक, चिकित्सक देखि मानवीय सेवाभाव प्रवर्द्धनमा असहाय नागरिकको सेवामा खटिएको देख्दा आफुले शिक्षक पेशा रोजेकोमा गर्व महसुस गरेको बताउनुभयो । 
पछिल्लो समय देशको भविष्य युवा विधार्थीहरु शिक्षा र रोजगारीका लागि दैनिक विदेशीमुलुकमा पलायन हुँदा दु:ख लाग्ने गरेको सल्लाहकार पंगेनीले सुनाउनुभयो । 
उहाँले भन्नुभयो, 'विद्यार्थी र अविभावकको रुचि, परिवर्तित समयको मागअनुसार बदलिँदो समयसँगै वैज्ञानिक र व्यबहारिक शिक्षा पद्धतीअनुसार स्कुल अघि बढ्न जरुरी रहेको बताउनुभयो । 
पढाई मात्र नभई सँस्कृति र संस्कार पनि बिधार्थिमा हुनुपर्ने जोड दिदैँ सँस्कारयुक्त जिवन उपयोगी र व्यवहारिक शिक्षा आजको आवश्यक रहेको औल्याउनुभयो । 
कार्यक्रममा लोकनाथ अधिकारी, लक्ष्म्मण खनाल, लक्ष्मी शर्मा, शान्ति न्यौपाने र कपिल ज्ञवालीले बोल्दै विद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान दिएको भन्दै विद्यालयको शैक्षिक प्रगतिको शुभकामना समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले गुणस्तरीय शिक्षा अध्ययनका लागि बिदेश जाने परम्परालाई रोक्न नेपालको जनशक्ति वा बिधार्थीलाई स्वादेशमै टिकाउन विधालयले व्यवहारिक र वैज्ञानिक शिक्षा पद्धतीलाई आत्मसाथ गरि अगाडी बढ्न सुझाव दिनुभयो ।
स्थापनाकालदेखि हालसम्म शैक्षिक विकास र गुणस्तरीय शिक्षालाई उच्च प्राथमिकतामा राखेर शिक्षण गरिरहेको विधालयका प्रिन्सिपल तिलब के.सिले बताउनुभयो ।
उहाँले विद्यार्थीहरुको सर्वा्ङ्गिण विकासमा विद्यालयमा पढाई सँगसँगै अतिरिक्त क्रियाकलापहरु विशेष ध्यानमा राखेर अध्ययन अध्यापन गरिरहेको बताउनुभएको ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी जोशीको अध्यक्षतामा सप्पन्न कार्यक्रमको लेखा समिति संयाेजक शिवलाल गौतमको स्वागत तथा विधालयका सहायक प्राचार्य कमल चन्द्र पौडेलको संचालनमा कार्यक्रम सप्पन्न भएको थियो । 
विधालयले नेपालीहरुको महान पर्व बिजयादशमि तथा शुभदीपावलीकाे पुर्वसन्ध्यामा शुभकामना आदानप्रदान पनि साटासाट गरि शिक्षक कर्मचारीहरुलाई सम्मान स्वरुप मायाको चिनो पनि प्रदान गरिएको थियोे ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई newsradiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।