सैनामैना महोत्सवमा दोहोरी गीत प्रतियोगिता हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रूपन्देहीको सैनामैना-३ मुर्गियामा सञ्चालन हुने महोत्सवमा  जिल्ला स्तरीय दोहोरी गीत प्रतियोगिता हुने भएको छ । सैनामैना उधोग वाणिज्य संघको आयोजनामा सम्पन्न हुने छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रबिधि तथा औद्योगिक व्यापार  महोत्सवमा जिल्ला स्तरिय दोहोरी गीत प्रतियोगिता सञ्चालन गरिने महोत्सव साँस्कृतिक संयोजक कृष्ण प्रसाद पोख्रेलले जानकारी दिनुभयो । 
बिगतका बर्षमा वडा स्तरीय दोहोरी गीत प्रतियोगिता हुदै आएकोमा यस बर्ष जिल्ला स्तरको दोहोरी गीत प्रतियोगिता गर्न लागिएको  उहाँको भनाइ छ ।

मेला भब्य रुपमा संचालन गर्नका लागि  संघले स्थानिय स्तरमा रहेका संघ संस्थासंग निरन्तर समन्वय र छलफल गर्दै आएको महोत्सब आयोजक मूलसमिति सदस्य सचिव लोकनाथ अधिकारीले बताउनु भयो  ।

सैनामैनामा रहेका बैंक तथा बित्तिय संस्थाहरुसंग छलफल

यसैबिच संघले आज सैनामैनामा रहेका बैंक तथा बित्तिय संस्थाहरुसंग छलफल गरेको छ । 

मेलामा संचालन हुने बिभिन्न गतिबिधिमा बैंक तथा बित्तिय सस्थाहरुले खेल्ने भुमिका र उपलब्ध हुन सक्ने सेवाहरु र  मेला सफल र भब्यरुपमा सम्पन्न गर्नको निम्ती सैनामैनामा रहेका बैक तथा बित्तिय संस्थाहरुसंग छलफल गरेको उधोग बाणिज्य संघका अध्यक्ष एवं मेला आयोजक मुल समितिका संयोजक प्रेम बहादुर खड्काले जानकारी दिनु भयो ।

मेलालाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका निम्ति सैनामैनामा रहेका बैंक तथा बित्तिय संस्थाहरुले हरेक रुपले सहयोग उपलब्द गराउने सैनामैना बैंकर संघका अध्यक्ष पदमराज पोख्रेलले बताउनु भयो । 

सैनामैना महोत्सव सैैनामैना उधोग बाणिज्य संघको आयोजनामा यहि मंसिर ६ देखि १७ गते सम्म सैनामैना-३ मुर्गिया स्थित पुरानो हाट बजार परिसरमा संचालन हुनेछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई newsradiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।