न्यू एकेडेमी स्कुलको आयोजनामा क्रिकेट प्रतियोगिता सुरु, आज न्यू एकेडेमी र सुर्यपुरा विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैनामैना, कार्तिक १६ ।
रुपन्देहीको सैनामैना स्थित न्यू एकेडेमी बोर्डिङ स्कुलको आयोजनामा प्रथम खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता आज बिहिबार देखि सुरु भएको हो । बिधार्थीहरुको सिकाईमा टेवा पु¥याउने उदेश्यले  क्रिकेट प्रतियोगिताको आयोजना गरिएको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष मिन प्रसाद पौडेलले बताउनु भयो । 
प्रतियोगिताको एक कार्यक्रमको आयोजना गरि सैनामैना नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा र विद्यालय व्यवास्थापन समितिका अध्यक्ष मिन प्रसाद पौडेलले खेलको सुभारम्भ गर्नु भयो । 
प्रतियोगिताले बिधार्थीहरुमा भएको प्रतिभाको बिकास गर्न सहयोग मिल्ने सैनामैना प्रमुख फणेन्द्र प्रसाद शर्माले बताउनु भयो । 
खेलले बिधार्थीहरुमा भएको अतिरिक्त क्रियाक्लाप प्रतिको सिकाईमा टेवा पुर्याउने न्यू एकेडेमी बोर्डिङ स्कुल ब्यवस्थापन समितिका अध्यक्ष मिन प्रसाद पौडेलको भनाई छ । 
यसैविच आज विहिबार दुई खेल भएका छन् । आज विहिवार आयोजक न्यू एकेडेमी  किङ्स्  र टिम ड्रिमर्स ११ विच र सुर्यपुरा वारिर्यस् र यूनाइटेड ११ विच खेल भएको छ । जस अन्तर्गत आज भएको पहिलो खेलमा टस जितेर पहिले व्याटीङ गरेको न्यू एकेडेमी किङ्स्ले ड्रिमर्स ११ लाई ३१ रनले हराएको छ । 
१२ ओभरमा खेलाईएको खेलमा न्यू एकेडेमीले ७ व्यीकेटको क्षतिमा १२० रन बनाएको थियो । ड्रिमर्स ११, १२१ रनको लक्ष्य पक्ष्याउने क्रममा पुरै ओभरको खेल समाप्तीमा ८९ रनमै समेटियो । 
यसैविच दोस्रो खेलमा यूनाइटेड ११ लाई हराउदै सुर्यपुरा वारिर्यस्ले ४५ रनले जित हात पारेको छ । टस जितेर सुर्यपुराले ६ विकेटको क्षतिमा १२० रन बनाउदै १२१ रनको लक्ष्य दिईको थियो । यूनाइटेड ११ ले सुर्यपुरालाई पछ्याउने क्रममा निर्धारित १२ ओभरको खेल खेलेर सबै विकेट गुमाउँदै ७६ रन मात्रै बनाउन सफल भएको थियो ।
यसैविच भोली तीन खेल हुनेछन् । भोलिको खेल आदर्श युवाक्लव र सुनौलो शान्ति विच, टिम ०७ र न्यू युनिट विच र टिम ११ सैनामैना र युङ्ग स्टार विच खेल हुने आयोजकले जनाको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. ३० हजार, ट्रफि र प्रमाण पत्र र द्धितिय हुनेलाई नगद रु. १५ हजार, ट्रफि र प्रमाण पत्र तथा अन्य बिधामा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने न्यू एकेडेमी बोर्डिङ स्कुलका प्रधानाध्यापक टोपलाल भट्टराईले बताउनु भयो । 
प्रतियोगितामा बिभिन्न बिधालय र क्लब गरी १४ टिमको सहभागीता रहेको खेल संयोजक कौशल सिंहले जानकारी दिनुभयो ।  प्रतियोगिता सैनामैना ८ मा रहेको खेल मैदानमा संचालन भैरहेको  कुशल सिंघले जानकारी दिनुभयो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई newsradiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।