गाजामा दैनिक ४ घण्टा युद्धविराम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी |
काठमाडौं : इजरायल गाजामा जारी आक्रमण दैनिक चार घण्टा स्थगित गर्न तयार भएको छ। उत्तरी गाजामा तीव्र कारबाही गरिरहेको इजरायल मानवीय सहायताका लागि भन्दै दिनमा चार घण्टा सैन्य कारबाही रोक्न तयार भएको हो।

कारबाही रोक्नुअघि र कारबाही शुरु हुनुअघि सूचना जारी गर्न तयार भएको एक इजरायली उच्च अधिकारीले जानकारी दिएको सीएनएनले जनाएको छ। यो समयमा त्यहाँबाट निस्किन बाँकी रहेका नागरिकलाई दक्षिणतर्फ पठाइने छ।

यस्तो युद्धविराम सीमित क्षेत्रमा मात्र लागू गरिने बताइएको छ। यस्तो समयमा मानवीय सहायताका लागि त्यहाँ पुगेका स्वयम् सेवक परिचालन हुने र उद्धारमा सघाउ गर्ने जनाइएको छ। उत्तरी गाजाबाट हिजो मात्रै ८० हजार बाहिरिएका छन्।

उत्तरी गाजामा इजरायलले हमासका क्याम्प ध्वस्त पार्ने भन्दै ठूलो कारबाही गरेको जहाँबाट लाखौँ मानिस दक्षिणतर्फ लागिसकेका छन्। जारी युद्धमा गाजामा १० हजार बढीको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा साढे ४ हजार बालबालिका

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई newsradiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।