सैनामैना नगरपालिकाद्वारा मिठाइ पसलको अनुगमन ः अखाद्य मिठाइ नष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैनामैना, कार्तिक २२ । रुपन्देहीको सैनामैना नगरपालिकाले आज मिठाइ पसलको अनुगमन गरेको छ । सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाको नेतृत्वमा पसलहरुको अनुगमन गरिएको हो । 

उपभोक्तको सवास्थ्यलाई मध्यनजर गर्दै पछिल्लो समय नगरपालिकाले बजार अनुगमन लाई तिव्रता दिईएको छ । अनुगमनका क्रममा विभिन्न पसलहरुबाट अखाद्य, मिटाई, चाउमिन, विभिन्न पेय पदार्थहरुको म्याद नाघेको, तरकारीमा प्रयोग गर्ने मासालको म्याद नाघेको, पकाउने ठाउँहरुको सरसफाई नभएको, तथा इजाजत पत्र नविकरण नगरिएका पाईएको थियो । त्यस खालका व्यवसयीहरुलाई नगरपालिकाले सचेत गराएको छ । 

विक्रेताले बिकी्र गर्ने बस्तु, उपाभोक्तहरुले उपाभोग गर्ने खाद्य सामाग्री गुणस्तरिय हुनु पर्ने सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले बताउनु भयो । गुणस्तरिय समान खरिद–विक्रमा सबै सचेत हुनु पर्ने उहाँको भनाई छ । ब्यावसाय गर्दा व्यावसायि इमान्दार र उपाभोक्ताहरु खाद्यसमान खरिद गर्दा सजग भएर खरिद गर्न उहाँले अनुरोध गर्नु भयो । 

अनुगमनका क्रममा भेटिएका स्वास्थ्यमा असर गर्न सक्ने अखाद्य बस्तुहरु जफत गरि नस्ट गरिने सैनामैना नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताउनु भयो । अखाद्यबस्तुहरु लुकाई छिपाई बेच्ने कार्य रोक्नुपर्ने र यसका लागि नगरपालिकाले योजनाबद्ध तरिकाले अनुगमन गर्ने उहाँको भनाई छ । 

उपभोक्तको स्वास्थ्यलाई ध्यानमा राखि उपाभोग्य समानहरुको विक्री गर्न व्यावसायिहरुलाई उपभोक्त हित संरक्षण मञ्च सैनामैनाका अध्यक्ष दुर्गा गौतमले अनुरोध गर्नुभयो । 

अनुगमनमा सैनमैना नगरपालिकाकी उपप्रमुख विना राना, प्रमुख प्रशासकीय अधिकृत जनक थापा, प्रशासन शाखाका राम कुमार भट्टराई, शालिकराम रिजाल, सैनामैना उधोग बाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्का, सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौड्याल, सुरक्षकर्मी पत्रकार लगाएतको सहभागिता रहेको थियो । नगरपालिकाले नजिकीदै गरेका चाडपार्वहरुमा नियमित अनुगम गरिरहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई newsradiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।