सैनामैनामा सर्वाधिक राशीको भलिबल सुरु,उद्घाटन खेलमा रुपन्देहीको जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुपन्देही, मंसिर १२ ।

रुपन्देहीको सैनामैनामा भएको स्व:ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिता आज बाट सुरु भएको छ । उद्घाटन खेलमा रुपन्देहीको जित भएको छ। पाल्पा र रुपन्देही बिच भएको प्रतिस्पर्धामा ३-१को सेट निकाल्दै रुपन्देहीले जित हाँसिल गरेको क्लबका सचिब पदम पाण्डेले जानकारी दिए ।

सर्वाधिक राशीको भलिबल खेलको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गरेका छ्न।खेलक्षेत्रकाे बिकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन।

कार्यक्रममा सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले देशका नाम रोशन गर्ने भनेकै खेलाडी भएको दाबी गरेका छ्न।प्रदेश सरकारले खेलकुदका लागि आवश्यक सहयोग गर्ने मन्त्री गुप्ताको भनाई रहेको छ।

कार्यक्रममा प्रदेश सांसद भुमिस्वर ढकालले खेलको बिकासमा सबै सरकारवाला लाग्नु पर्ने बताए ।

लुम्बिनी प्रदेश खेलकुद परिषदका प्रदेश सदस्य सचिब जयप्रकाश भट्टराईले राष्ट्रिय खेल भलिबल भएकोले यसको बिकास गर्नु आजको आवस्यकता रहेको बताए।जुनसुकै खेलविधामा पनि तिनै तहको सरकारको चासो हुनु पर्ने बताए ।

कार्यक्रममा सैनामैना नगरपालिका मेयर फणेन्द्र प्रसाद शर्माले खेलकुदको विकासका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने उध्घाेष गरे ।

भलिबल खेलको विकाससंगै युवा खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सैनामैना नगरपालिकामा अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिता भएको छ । सैनामैना नगरको विकासमा अग्रसर रहेकी पुरानो बासिन्दा स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा दुधराक्ष युवा क्लबको आयोजना तथा सैनामैना नगरपालिका,प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ रुपन्देही, सैनामैना नगर खेलकुद समितिको सहयोगमा मंसिर १२ देखि १६ गतेसम्म सैनामैना वडा न.६–कलौनीमा ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिता २०८० भएको हो ।

प्रतियोगिताको उपाधि बिजेताले नगद र.१ लाख ११ हजार १ सय ११ ट्रफि, प्रमाण, उप–बिजेताले नगद रु.७७ हजार ७ सय ७७ रुपैया, ट्रफि, प्रमाणपत्र, तृतिय टिमले नगद रु.४४ हजार ४ सय ४४ रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक विष्णु प्रसाद पाण्डेले बताए । यसैगरि सान्त्वना टिमले नगद रु.२२ हजार २ सय २२ रुपैया, ट्रफि प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद ७ हजार ७ सय ७७ रुपैया तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

सैनामैना ६-कलौनीमा भएको उद्घाटन खेलको क्लबका अध्यक्ष किरण पोख्रेलको अध्यक्षता,सैनामैना नगरउपप्रमुख विना राना,रास्ट्रिय मानव अधिकार तथा शान्ति समाजका पुर्व अध्यक्ष गोविन्द खनाल लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई newsradiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।