बझाङमा ९१ किलाे गाँजासहित ३ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 मंसिर ११, बझाङ –

बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ बाट ९१ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खप्तडछान्ना–७ का ६४ वर्षका खडक खड्का, गोर्खाको अजिरकोट गाँउपालिका–२ का ३८ वर्षका सन्तोस गुरुङ र पर्साको सुकौली पटौली गाउँपालिका–९ लक्ष्मीपुरका ५५ वर्षका रामबहादुर गुरुङ रहेका प्रहरीले जनाएको छ ।

खप्तडछान्ना–७ को गोर्खाली गाउँबाट गाँजाकाे कारोबार भइरहेको भन्ने सूचनाका आधारमा आज साेमवार खडकबहादुर बोहराको घरमा खानतलासी गर्दा गाँजा बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले बताउनुभयो ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई newsradiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।